अंग्रेजी भाषा शिक्षार्थि (English Language Learners)

डिमोइन पब्लिक स्कुल 80 भन्दा बढि भाषा बोल्ने घर-परिवारले बनेको छ। यो स्कुल डिस्ट्रिकले 5,800 अंग्रेजी भाषा शिक्षार्थि बिध्यार्थीहरूलाई द्विभाषी समुदायिक कार्यकर्ता (bilingual community outreach worker) सहित138 प्रतिबद्ध र समर्पित शिक्षक-शिक्षिकाहरूले 43 बिभिन्न स्थानमा सेवा दिइ रहेको छ।

अंग्रेजी भाषा शिक्षार्थि (ELL) का लक्षहरु:

  • अंग्रेजी भाषा शिक्षार्थि हरूलाई अंग्रेजी भाषाका उद्देश्यित क्षेत्र  सुन्ने, बोल्ने, पढ्ने, र लेख्ने सिकाइ  डिस्ट्रिकको कठिन पाठ्यक्रमको शिक्षा दिइ सबै बिध्यार्थी सरहको स्तर बनाउने।
  • आफ्नो भाषा र संस्क्रिती पहिचान लाई प्रोत्साहित गरि बिध्यार्थीहरूलाई अमेरिकान समाजमा   सक्रिय रूपले सहभागी गराउने ।
  • शैक्षिक प्रक्रिया घर र स्कुल बिच् को सामुहिक प्रयास हो भनि सुनिश्चित गर्ने ; यसले परिवार,समुदाय, र डिमोइन पब्लिक स्कुलका स्टाफहरूलाई सहभागी हुन अवसर दिन्छ।

डिमोइनमा द्विभाषी बिध्यार्थीहरूको संख्या बढ्दो छ, यो एउटा विश्व स्तरको स्कूलको परिचय हो। हाम्रा ELLबिध्यार्थी र परिवारहरूका सबै जरुरतहरू पुरा गर्न ELL कार्यक्रमले सब भन्दा राम्रो ELL सेवा दिन प्रयास गर्दछ।  

यदि तपाईंलाई हाम्रो ELLकार्यक्रमका बारेमा केहीप्रश्न हरू छन् अथवा थप् जानकारी चाहिएमा, कृपया स्कुल डिस्ट्रिकको वेल्कम सेन्टर मा 515-242-8102 मा फोन गरि अथवा 1301 2nd Avenue मा जानु भई संपर्क गर्नुहोस।