डिमोइन पब्लिक स्कुल मा स्वागत छ

आयोवाको राजधानी शहरका बिध्यार्थीहरूलाई डिमोइन पब्लिक स्कुलले पढाउदै आएको 100 बर्ष भन्दा बढी भई सकेको छ। आज, 60 भन्दा बढि स्कुलमा सेवा दिदै आएका 5,000 शिक्षक-शिक्षिका र स्टाफ सहित 30,000 भन्दा बढि बिध्यार्थी भएको आयोवाको यो सबै भन्दा ठूलो सरकारी शैक्षिक संस्था हो।

80 भन्दा बढि भाषा बोल्ने बिध्यार्थी र परिवारहरूलाई सेवा दिन पाएकोमा डिमोइन पब्लिक स्कुल गर्ब गर्दछ। स्कुलको थप् जानकारी र शैक्षिक कार्यक्रम बुझ्नलाई कृपया भबिस्यमा यो पेज हेर्दै गर्नुहोला। यो पेज <नेपाली> भाषा मा उपलब्ध छ।

डिमोइन डिमोइन पब्लिक स्कुल बारेमा

डिमोइन एउटा गतिशील, परिवर्तनात्‍मक, र विविध (विभिन्न जात जाति भएको) शहर हो। वास्तवमा, ‘Parenting’ पत्रिकाले परिवार हुर्काउन, राम्रा स्कुल, र शैक्षिक अवसरका हिसाबले डिमोइनलाई पाचौं उत्कृष्ट सहरको दर्जा दिएको छ।

यी लक्षणहरु हाम्रो स्कुल डिस्ट्रिकमा हामीले दिने कार्यक्रमहरु र हामीले सेवा दिई रहेका बिध्यार्थीहरू बाट पुरै झल्किन्छ । हाम्रा बिध्यार्थी, अभिभावक, शिक्षक-शिक्षिका र स्टाफ हरू बिभिन्न पृष्ठभूमि बाट आएका छन् जसले डिमोइन पब्लिक स्कुलको शिक्षा लाई धनी बनाउन योगदान दिएको छ। प्रत्येक बिध्यार्थीको शैक्षिक चाहाना, क्षमता, र लक्ष लाई डिमोइनको धेरै बिबिध अवसरले साथ् दिएको छ।

हाम्रो स्कुल डिस्ट्रिकले धेरै प्रकारका शैक्षिक कार्यक्रमहरु दिन्छ जसमा धेरै जसो राष्ट्रिय स्तरका कार्यक्रम हरू छन्। यस अंतर्गत राज्यको पहिलो अंतरराष्ट्रीय स्तरको स्नातक पाठ्यक्रम ( International Baccalaureate curriculum) र एउटा मात्र सरकारी मोंटेसरी स्कुल (Montessori school) पर्दछन्। युनीभर्सिटी अफ आयोवाको बेलिन-ब्ल्यान्क सेन्टर फर गिफ्टेड एजुकेसन (Belin-Blank Center for Gifted Education) अनुसार् हाम्रो सेन्ट्रल एकाडमीको उच्च कक्षा (Advanced Placement) हरू उत्कृष्ट हुनु आयोवा राज्यको सम्मान हो, जस्ले भर्खरै अरु 13 राज्य भन्दा बडी AP बिध्यार्थी उत्पादन गरेको छ। र सबै पाँच वटा हाइ स्कुलहरू Iowa AP Index मा दर्जित छन्।

डाउन टाउन स्कुल देश् कै नमुना स्कुल हो भन्ने गरिन्छ। धेरै स्कुलहरू बर्षै भरि चलि रहन्छन, र हाम्रो करीअर र टेक इन्स्टिचुट (Career & Tech Institute) ले सबै थोकमा, पकाउने देखि लिएर हावा जहाज उढाउने सम्म, को तालिम दिन्छ ।

हाम्रो वेब साइटमा तपाईंलाई स्वागत छ र डिमोइन पब्लिक स्कुलमा ईच्छा राखेकोमा धन्यबाद्। डिमोइन पब्लिक स्कुल आफ्नो ईतिहासमा गर्ब गर्दछ र भबिस्यलाई तयार छ।


Some alphabets or characters may not appear correctly on all web browsers. For best results, use Internet Explorer or Firefox on Windows-based computers and Firefox on Apple computers.